दुई जना ‘मिटरब्याजी’ आरोपीलाई प्रहरी हिरासतमा पठाइयो
सदाम हुसैन
सलाही, ०७ असार । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज थप दुई जना मिटरब्याजी आरोपीलाई प्रहरी हिरासतमा राख्न पठाएको छ । कार्यालयमा उजुरी दिने व्यक्तिहरुसहित छलफल गराउँदा कविलासी नगरपालिका १० सलेमपुरका इन्दल राय र कौडेना गाउँपालिका २ का रामयाद पण्डितले आलटाले कुरा गरेको र वास्तविक लेनदेनको विषय प्रष्टसँग राख्न नसकेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै पुनः छलफलमा झिकाउने गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न पठाइएको हो । दुवै जनाले ऋण दिँदा बनाएको तमसुक कति हो रु र वास्तमा रकम कति दिएको हो रु भनी प्रष्टसँग बताउनै नसकेको तथा समस्या समाधान गर्नेतर्फ भन्दा पनि अदालतको विषय झिकेर विवाद गर्न खोजेपछि प्रहरी हिरासतमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि मिटरब्याजी आरोपी मलंगवा ४ का रामस्वरुप रायलाई पनि प्रहरी हिरासतमा पठाइएको थियो । पछि उनले १५ वटा उजुरीमध्ये ७ वटामा मेलमिलाप गरेको र बाँकी ८ वटा पनि समाधानकै चरणमा रहेपछि हिरासतमुक्त गरिएको छ । मिटरब्याजी पीडितले सर्लाहीमा जम्मा १९ सय २० वटा उजुरी दिएका छन् । त्यसमध्ये अहिलेसम्म ५०० जना पीडितसँग छलफल गरी ६४ वटा फछ्यौट भइसकेको कार्यालयले जनाएको छ ।