News

दलित सशक्तीकरण ऎन कार्यान्वयनको विषयमा छलफल

  • सदाम हुसैन
    सर्लाही, २८ चैत । दलित सशक्तीकरण ऎन २०७६ कार्यान्वयनको विषयमा सरोकारवालासंग नितिगत छलफल गरिएको हो । साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) को आयोजनामा मंगलवार मलंगवास्थित सुजाता होटेलको सभाहलमा मधेश प्रदेश सरकारले दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक विकासको लागि बनाएको दलित सशक्तिकरण ऐन २०७६ कार्यान्वयनको विषयमा छलफल गरिएको साप नेपालका कार्यक्रम संयोजक नजक कार्कीले बताए । राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्रमुख सर्लाही जिल्ला अधिकारी (सिडियो( इन्द्रदेव यादव, प्रदेश सभा सदस्य बेची लुङ्गेली, उपेन्द्र महतो, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,मानव अधिकार रक्षक संजाल सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्र,मुसहर महिलालगायतको सहभागिता रहेको थियो । सहभागी साँझाबती माझी र पतिदेवी माझीले आफू मुसहर महिला सशक्तीकरण मंचको समुहमा आवद्ध भएपछि दलितको अधिकारबारे जानकारी भएको बताइन् । साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले दलितको अधिकारका बारेमा राज्य पक्षले गम्भीरता नदेखाएको बताए । उनले भने ः प्रधानमन्त्री रोजगार कार्यक्रम बिशेष गरि गरीब दलितको लागी ल्याइएको छ, तर दलितहरु नै उक्त कार्यक्रमबाट बन्चित भएका छन् । कार्यक्रममा समावेश हुन बैंकमा खाता खोल्नुपर्ने हुन्छ तर कतिपय दलितको नागरिकता नै नभएर कार्यक्रमबाट बन्चित भएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले भने ञदलित आफै पछि परेको होइन, दलितलाई पछि पारिएको हो । साथै उनले सर्लाही जिल्लाको २० वटा पालिकामध्ये चन्द्रनगरले मात्र जातीय छुवाछूत तथा अनुगमन समिति गठन गरेको बाताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *