HealthLatestNews

थप एक जनामा देखियो कोरोना, ५८ पुगे संक्रमित

काठमाडौं, वैशाख १७ : सरकारले परीक्षणको दायरा बढाएसँगै थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ।  टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो।आज मात्रै गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।उनका अनुसार कोरोनाको संक्रमण समुदायमा फैलिएको छैन। संक्रमित भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनका अनुसार संक्रमित मध्ये एकजना अस्पताल र तीनजना क्वारेन्टाइनमा रहेका छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। त्यस्तै संक्रमणपछि निको भएर १६ जना फर्किसकेका छन्। अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *