तटबन्धनको माग गर्दै नगरप्रमुख निरसल साहलाई ज्ञापनपत्र
मलंगवा,११ साउन । सर्लाहीको मलंगवा नगरपालिकामा वर्षेनी वर्षायाममा दुुःख दिने झिमनदी र लखनदेही नदीमा व्यवस्थित तटबन्धनको माग गर्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिती सर्लाहीले मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साहलाई आज ज्ञापनपत्र बुुझाएको छ । झिमनदी र लखनदेही नदी नियन्त्रण तथा सो नदीमा दीर्घकालीन तटबन्धनको माग गर्दै नगरपालिका प्रमुख साहलाई ज्ञापनपत्र बुझाइएको स्थानीय समाजसेवी नेता चन्देश्वर यादवले बताए । एक साता पहिला आएको बाढीले झिमनदी र लखनदेही नदीको बांध भत्काउदा मलंगवा नगरपालिकाका वडा नम्बर ५,६,८,९ र १० असुरक्षीत रहेको अवस्थामा अविलम्ब बाधं भत्किएको ठाउंमा तटबन्ध निर्माण गराई दिनको लागी ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुुझाईएको यादवले बताए ।