जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, ४ जेठ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।आज बसेको कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । भोलीदेखि लकडाउनको अवधि समाप्त हुँदैछ ।

