NewsPolitics

जसपाबाट मलंगवाको मेयरमा निरसल साह र उपमेयरमा पानो देवी

सर्लाही,१३ बैशाख । सर्लाहीको मलंगवा नगरपालिकामा जसपाबाट निर्वतमान मेयर निरसल साह र उपमेयरमा पानो देवीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट निर्वाचत भएका मेयर साहले आफ्नै पार्टीबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवारी दर्ता गराएका हुन् । ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साहलाई कांग्रेसले फेरि टिकट नदिएपछि जसपाबाट उम्मेदवारी दिएका हुन् । व्यापारिक पृष्ठभूमिबाट ०७४ सालमा कांग्रेसबाट राजनीतिमा होमिएका साह सदरमुकाम मलंगवाको मेयरमा निर्वाचित भएका थिए ।यस पटक पनि दोहोरिने इच्छा राखेका साहलाई पार्टीले नपत्याएपछि उनी जसपाबाट उम्मेदवार बनेका हुन् । उनले यस पटक पनि आफू जित्ने दाबी गर्दै मेयरमा जसपाबाट उम्मेदवारी दिएको बताए । उनको स्थानमा नेपाली कांग्रेसले नागेन्द्र रायलाई उम्मेदवार बनाएको छ । सोमबार रायले समेत उम्मेदवारी दर्ता गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *