घरमै टिभी हेरर एसइईको तयारी गर्दै्छिन् पल्लबी (तस्बिरसहित)
सर्लाही । गत चैत ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) तोकिएको थियो। त्यसको एकदिन अघिमात्रै चैत ५ गते साँझ सरकारले एसइई लगायतका सम्पूर्ण परीक्षा स्थागित गर्ने निर्णय र्गयो ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले उक्त कदम उठाएको थियो। त्यसको करिब एक सातापछि चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन र्गयो ।
सुरुमा एक साताका लागि भनेर गरिएको लकडाउन कोरोना संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै गएपछि लम्ब्याएर वैशाख १५ गतेसम्म र्पुयाइएको छ ।
कोरोनाको प्रकोप कहिले नियन्त्रणमा आउँछ र लकडाउन खुलेर जनजीवन कहिले सामान्य बन्छ भन्ने अझै अनिश्चित छ । यस अनिश्चयसँगै एसइईको तयारी गरिरहेका विद्यार्थीहरुमा पनि अन्यौल सिर्जना भएको छ ।
तोकिएको समयमै एसइई भइदिएको भए सर्लाहीकी पल्लबी मिश्राको दैनिकी यतिबेला बेग्लै हुने थियो । तर परीक्षा स्थगित भएपछि फेरि कहिले होला भन्ने चिन्ता छ ।कोरोनाको त्रासले अत्यावश्यक वाहेकका सबै सेवा बन्द छन्। सबै बन्द भएपछि घर बाहिर गएर ट्यूसन, कोचिङ क्लास लिन पाइएला भन्ने पनि छैन। त्यसैले आजभोली पल्लबी घरमै टिभी हेरेर एसइईको तयारी गरिरहेकी छन् ।उनी आजभोलि टिभीबाट प्रशारण भइरहेको एसइई कक्षा नियमित लिन थालेकी छन, घरमै बसेर। कापी कलम लिएर टिभीको अगाडि बस्ने र एसइईको तयारी गर्ने उनको दैनिकी बनेको छ ।टिभीमा एसइई तयारी कक्षा आउन थालेपछि अरु कैयौँ विद्यार्थीहरु पनि पल्लबीले जसरी नै परीक्षाको तयारी गरिरहेका छन् ।तर दूरदराज जहाँ टेलिभिजन, इन्टरनेट लगायतको सुविधा छैन, त्यहाँका विद्यार्थीहरुले अझ धेरै समस्या भोगिरहेका छन्।

