News

कौडेनामा भव्य कलश यात्रा र महायज्ञ शुरु

  • सदाम हुसैन
  • सर्लाही, ०९ फागुन । सर्लाहीको कौडेना गाउँपालिका–५ छपकहिँयामा मंगलबार भव्य कलश यात्रा, महायज्ञ साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । पंच कुण्डिय विष्णु महायज्ञ एवं श्रीराम कथा स्थलमा दिउँसो हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको हो । कौडेना घरभई काठमाडौंमा व्यापार गरेर बस्ने रामकेवल बनियाँले निजी खर्चमा हेलिकप्टर ल्याएर पुष्पवृष्टि गराएका हुन् । महायज्ञको आज प्रदेशसभा सदस्य कौशलकिशोर राय र जंगिलाल राय, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार उपाध्यक्ष नगिना देवीलगायत भएर उद्घाटन गरे । उद्घाटन पश्चात प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थिती रहेको थियो । महायज्ञ उद्घाटनकै अवसरमा भव्य कलश यात्रा समेत निकालिएको स्थानीयले जानकारी दिए । उनका अनुसार महायज्ञ ७ दिनसम्म चल्नेछ । महायज्ञमा विदुषी मैत्रेयी भारती र स्वामी श्री शिवानन्द जीले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *