News

कौडेनामा भएको दुर्घटनामा १ जना घाइते

  • सदाम हुसैन
    सर्लाही, २६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकामा सोमबार साँझ सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । हुलाकी सडक अन्तर्गत कौडेना–२ फूलपरासीमा गोडैताबाट मलंगवातर्फ आइरहेको भारतीय बीआर ०६ पि ६१२५ नम्वरको बलेरोले ठक्कर दिँदा कौडेना ६ की २० वर्षीया प्रियंका कुमारी गम्भीर घाइते भएकी छन् । पैदलयात्री प्रियंकालाई मलंगवामा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ । दुर्घटनामा संलग्न बलेरो प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *