LatestNews

कोरोना संक्रमित बढेपछि सर्लाहीमा फेरी एक साताका लागी लकडाउन

सर्लाही,२० साउन । कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन भोली बिहान ६ देखि लागू हुनेगरी साउन २७ गते सम्मका लागि सर्लाहीमा लकडाउन गरीएको छ । समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन २७ गते राति १२ बजेसम्मका लागि सर्लाही जिल्लाभरी लागू हुनेगरी लकडाउन लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सर्लाही जिल्लामा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उनले बताए । बन्दबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ । उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यासरइन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *