कार चढेको तस्बिरले सोनाक्षी विवादमा
मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो भाइरल तस्बिरप्रति सोमबार माफी मागेकी छन् । भारतमा लकडाउन भएको ३४औं दिनमा उनले आफू कारमा चढेको तस्बिर सार्वजनिक गरेपछि विवादमा आएकी हुन् ।
लकडाउनको बेला उनी कारमा सहर घुमिरहेकी छन् भन्ने समाचार आएपछि यी अभिनेत्री विवाद परिन् । यो फोटोलाई दर्शकले ट्रोलसमेत बनाए । एउटा फोटोले विवाद सिर्जना भएपछि अभिनेत्री सोनाक्षीले आफू कारमा चढेर घुमेको त्यो फोटो लकडाउनभन्दा केही दिन अघिको भएको बताएकी छन् ।
लकडाउनको बेला त्यो पललाई सम्झेर तस्बिर सेयर गरेको तर आफू नघुमेको उनले स्पष्ट पारेकी छन् । आफूले लकडाउनलाई पूर्ण रूपमा पालना गरेको पनि यी अभिनेत्रीले दाबी गरेकी छन् ।