कबिलासीमा हावाहुरीले उडाएको जस्ता लागेर एकको मृत्यु
सर्लाही,२२ बैशाख । सर्लाहीको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनेलाल यादवको १८ वर्षीय छोरा राजेश कुमार यादव रहेको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले जानकारी दिएका छन् ।जोडले हावाहुरी आएपछि जस्ताले छाएको घरमा लुकेर बसेका यादवको किचिएर मृत्यु भएको हो । जस्तापाताको घर हावाहुरीले उडाउँदा जस्ता लागेर यादवको मृत्यु भएको मेयर रायले जानकारी दिएका छन् ।प्रहरी अहिले घटना स्थलमा पुगेको र घटनाबारे अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरलेले जानकारी दिएका छन् ।

