आज पृथ्वीको नजिक भएर गुज्रदैछ क्षुद्रग्रह
लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् ।
५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो । बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा गुज्रनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा १६ गुणा बढी हो ।