News

आगलागी हुँदा ३ लाखको क्षति

  • सदाम हुसैन
    सर्लाही, १७ चैत । सर्लाहीको हरिवनमा बिहीबार राति बाख्रा गोठमा विद्युत् सर्ट भएर आगलागी भएको छ । हरिवन नगरपालिका–११, स्थित इन्दुशंकर चिनी मिल एरिया बस्ने वीरबहादुर श्रेष्ठले संचालन गरेको बाख्रा गोठमा आगलागी भएको हो । आगलागीबाट बाख्रा गोठ पूर्णरुपमा जलेको छ भने ११ वटा खसी बाख्रा जलेर मरेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बिहीबार राति १० बजेतिर सुरु भएको आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । सो आगलागीबाट गोठ र खसीबाख्रँ जल्दा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *