News

अवैध कारोबार बन्द गर्ने सर्लाही प्रहरी प्रमुख सुवेदीको दाबी

  • सदाम हुसैन
    सर्लाही, २६ पुस । सर्लाही जिल्लामा तश्करी तथा अवैध कारोबारहरु बढेकोले यसलाई रोकेर राजस्व चुहावट समेत हुन नदिन जिल्लाका सबै छोटी भन्सारहरु खोलाउने प्रयासमा आफुहरु लागेको प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताउनुभएको छ । भर्खरै जिल्लामा सरुवा भएर आउनु भएका एसपी सुवेदीले कानुनले बन्देज गरेका कुनैपनि गतिविधिहरु हुन नदिन नेपाल प्रहरी हरपल तत्पर रहेको बताउनुभएको छ । उहाँले सबैखाले अबैध कारोबारहरु माथि प्रहरीको निगरानी रहेको र यसलाई कडाईका साथ बन्द गर्ने समेत दावी गर्नुभयो । नेपाल(भारतसँगको खुल्ला सीमाको फाइदा उठाउँदै लागूऔषधको कारोबार तथा सेवनकर्ताहरु व्यापक रुपमा बढेकाले यसलाई पनि चाडैनै अन्त्य गर्ने उहाँले बताउनुभयो । एसपी सुवेदीले आफु सर्लाही आएदेखि सबैभन्दा पहिला सर्लाहीको उत्तरी भेगमा ठुलो मात्रामा अवैध रुपमा भइरहेको लागुऔषध गाँजा खेती नष्ट गरेको र १३ जना अवैध कारोबारीहरुलाई पनि पक्राउ गरिसकेको जानकारी गराउनुभएको छ । सर्लाही प्रहरी आम नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने गरि काम गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *