सर्लाहीमा आए नयाँ सिडियो सुरेन्द्र पौडेल भन्छन् – अपराध नियन्त्रण र शान्ति सुरक्षालाई पहिलो प्राथमिकता
सर्लाही,१७ साउन । सर्लाहीमा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अपराध नियन्त्रण र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताउनुभएको छ ।गोरखाबाट सर्लाही सरुवा भएर आउनुभएको प्रजिअ पौडेलले शुक्रवार जिल्ला प्रशासन कार्यालय मलंगवामा कार्यभार सम्हालनु भएको हो । उहाँले अपराधीक मानसीकता लिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्दै सर्लाहीलाई भयरहित सुशासन र सबै हिसावले सुरक्षित जिल्लाका रुपमा बिकास गर्ने आफनो योजना रहेको र त्यही अनुसार सुरक्षा निकायहरुले काम गर्ने दावी पनि गर्नु भयो । जिल्लामा शान्ति सुरक्षा खलवल पार्न सक्ने केहि तत्व तथा प्रबृति हाबि हुन सक्ने सम्भावना देखिएकाले आफुहरु सबै सुरक्षा समयन्त्रको प्रभावकारी परिचालन गरी नयाँ सुरक्षा रणनिति बनाएर अगाडी बढने सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

