News

सर्लाहीबाट ४३ जना हज यात्रामा जान पाउने

सदाम हुसैन –
सर्लाही, ०८ जेठ । सर्लाहीबाट सन् २०२३ (१४४४ हज) को हज यात्रामा ४३ जना जान पाउने भएका छन् । साउदी अरबमा हज यात्राका लागि जान ४५ जनाले फाराम भरेकोमा ४३ जनाले सबै प्रक्रिया पूरा गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले ती प्रक्रिया पूरा गरेका व्यक्तिलाई यही जेठ २० गतेभित्र पन्चकश्मिरी तकिया जामे मस्जिद घण्टाघर, काठमाडौंको सम्पर्कमा पुग्न भनेको छ । जेठ २२ गते उडान तालिका नै रहेकाले नेपाल हज समितिको सचिवालयबाट २० गतेभित्रै प्रक्रिया पूरा गरेका व्यक्तिलाई काठमाडौं आइसक्न भनेकाले जिल्ला प्रशासन कार्यालयले सो अवधिभित्रै यहाँका प्रक्रिया पूरा गरेका ४३ जनालाई काठमाडौं पुगिसक्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले सर्लाहीबाट छनौट भएका सबै हज यात्रीहरुलाई सूचना अनुसार तयारीमा लाग्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *