News

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सरूवा र इन्द्रदेव यादब आऊदै

  • सदाम हुसैन
    सर्लाही, ०९ माघ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमको सरुवा भएको छ । गृहमन्त्रालयले गएसाँझ देशभरका ७० जना सीडीओ र सहायक सीडीओको सरुवा गर्दा गौतमको पनि यहाँबाट काज सरुवा भएको हो । गत वर्ष पुस १३ गते सर्लाहीमा हाजिर भएका गौतमको गृहमन्त्रालयमा सरुवा भएको छ । गृह अन्तर्गत अनुभवी र कुशल प्रशासकको छवि बनाएका सह–सचिव गौतमको सर्लाहीबाट १३ महिनापछि नियमित सरुवा भएको हो । गएको वर्ष ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक जना युवकको मृत्यु भएपछि तनावग्रस्त अवस्था सिर्जना भइरहेकाबेला मन्त्रालयले गौतमलाई यहाँ सरुवा गरेर पठाएको थियो । यसैबीच, सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा सह–सचिव इन्द्रदेव यादवलाई पठाइएको छ । यादवलाई सुनसरी जिल्लाबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको हो । यादव सुनसरी जानुअघि छिमेकी जिल्ला रौतहटको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *