FEATUREDLatestNews

सनराइज मदनपुर २८ रनले विजयी

मलंगवा,२९ फागुन । सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको चौंथो खेलमा सनराइज मदनपुरले जय माता दी क्रिकेट टिम मलंगवा न.पा. २ लाई २८ रनले पराजित गरेको छ । दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा १० ले तीनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सनराइज मदनपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७८ बनाएका थिए । मदनपुरका लागि तौसिफ मिकरानीले ३५ बलमा सर्बाधिक ४७ रन बनाएका थिए । ४७ रन जोड्ने क्रममा तौसिफले ह्याट्रिक छक्का समेत प्रहार गरेका थिए । त्यसैगरी माजिद खानले २१ बलमा ४२ रन बनाएका थिए । सुरुको दुई ओभरमा ३० रन बनाउँदै मदनपुरले बिष्फोटक ब्याटिङ गरेका थिए । तर, ४ ओभरको खेल पछि बलिङ्ग गर्न आएका विशाल कुमारले सुरुवाती ४ विकेट लिएपछि मदनपुर दबावमा देखिएको थियो । ६ विकेट सस्तो मै गुमाएका मदनपुरका लागि तौफिस र माजिदले सातौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै टिमलाई १ सय ७८ रनमा पूर्याएका थिए । १ सय ७९ रनको लक्ष्य पच्छयाउन मैदानमा आएको जय माता दी निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएका थिए । जय माता दीको लागि विकास कुमारले सर्बाधिक ३९ रन बनाएका थिए । मदनपुरलाई खेल जिताउनमा जाफिरल ३ र माजिदले २ विकेट हात पारेका थिए ।खेलको म्यान अफ द म्याच ४२ रन र २ विकेट लिने मदनपुरका खेलाडी माजिद खानलाई प्रदान गरिएको थियो । आइतवारको खेल ओम सहारा पञ्चकन्या मलंगवा र लक्ष्मी वान मलंगवाको बिच हुने आयोजक समितिका कोषाध्यक्ष साजन जयसवालले जानकारी दिएका छन् । प्रतियोगिताको विजेतालाई नगद रु एक लाख र उपविजेतालाई ५० हजार नगद दिइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *