News

शिक्षक संघको निर्वाचनमा प्रवीणकुमार पासवान विजयी

  • सदाम हुसैन
    सर्लाही, २३ चैत । नेपाल शिक्षक संघ सर्लाहीको निर्वाचनमा कांग्रेस संस्थापन पक्षको जित भएको छ । बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा संस्थापन पक्षका प्रवीणकुमार पासवान विजयी भएका छन् । पासवान कांग्रेसको संस्थापन पक्ष अर्थात् जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह पक्षको उम्मेदवार हुन् । उनी ७८१ मत प्राप्त गर्दै अध्यक्षमा चुनिएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेस संस्थापन इतर पक्ष अर्थात् पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय पक्षका उम्मेदवार गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका छन् । उप्रेती पासवानसँग २३५ मतले पराजित भएका छन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ । एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायले ५९२ मत मात्रै प्राप्त गरे । महिला उपाध्यक्षमा उषा कुमारी ७०४ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी आशा कुमारी घिमिरेले ६१० मत प्राप्त गरेकी छन् । सचिवमा ६८७ मतसहित रामशरण राय विजयी भएका छन् । रायका प्रतिस्पर्धी रमेशकुमार चौधरीले ६२१ मत प्राप्त गरेका छन् । सचिव ९अर्थ० मा ६८८ मत ल्याएर नारायण महतो विजयी हुँदा उनका प्रतिस्पर्धी विरन्ची प्रसाद साहले ६२६ मत मात्रै प्राप्त गरेका छन् । यसैगरी, सहसचिव खुलामा ७०० मत ल्याई राजु थापाले जित्दा उपेन्द्र रायले ६०५ मत प्राप्त गरेका छन् ।

महिला सहसचिवमा ६६७ मत ल्याइ रिंकुकुमारी पाण्डेय विजयी हुँदा उनकी प्रतिस्पर्धी सुचित्रा चौधरीले ६२६ मत ल्याएकी छन् । सहसचिव ९समावेशी० मा ६६४ मत ल्याइ गर्भु महतो र ६१० मत ल्याइ वीरेन्द्र झा विजयी भएका छन् । यसैगरी, खुला सदस्यहरुमा युक्ति राम ६७४, चन्द्रशेखर मिश्र ६६०, रामईश्वर महतो ६२६ र रामेश्वर प्रसाद कुशवाहा ६२९ प्राप्त गरी विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिताकुमारी शर्मा ६७२ र मनोरमा सिंह ६६१ मत ल्याइ विजयी भएकी छन् । प्रदेश प्रतिनिधि खुलामा ६६७ मतसहित रामप्रसाद दाहाल, ६९५ मतसहित नवराज थापा र ६५२ मतसहित मुकेशकुमार ठाकुर विजयी भएका छन् । प्रदेश प्रतिनिधि खुला एक जनामा भने संस्थापन इतर पक्षका सरोजकुमार सिंह ६३९ मतसहित विजयी भएका छन् । त्यसैगरी, संघीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित लक्ष्मी बानियाँ ७४२ र रमाकुमारी भट्राई ६८९ मतसहित विजयी भएकी छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोजकुमार शर्माले ६६०, शिवकुमार महतोले ६४३ र माधवप्रसाद दाहालले ६४२ मतसहित चुनाव जितेका छन् । शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार महावीर जनता बहुमुखी क्याम्पस हरिपुरमा मतदान भएको थियो । मतदानमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका थिए । कांग्रेसको संस्थापन र इतर दुई गुटले शिक्षक संघको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *