मलंगवाबाट २० केजी गाँजा बरामद
- सदाम हुसैन
सर्लाही, १४ बैशाख। प्रहरीले सर्लाही सदरमुकाम मलंगवाबाट २० केजी गाँजा बरामद गरेको छ । बुधबार साँझ गस्तीमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका ८ झिलमिलिया माई मन्दिर क्षेत्रबाट प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको हो । झोलामा लुकाएर गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्ति भने प्रहरीलाई देख्ने बित्तिकै झोला नै फालेर सीमा कटेर भारततर्फ फरार भएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सर्लाहीको उत्तरी चुरेभेग र सिन्धुली तथा मकवानपुर जिल्लातर्फबाट गाँजा भारतसम्म पुगाउने बेच्ने गरिएको छ ।