LatestNews

प्रदेश सभा सदस्य सिंहले विपद् व्यवस्थापन समितिलाई खाद्य सामाग्री प्रदान गरे

सर्लाही, १५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व आक्रान्त भईरहेको बेला प्रदेश सभा सदस्य विरेन्द्र सिंहले जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीलाई सोमबार खाद्य सामाग्री प्रदान गर्नुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ ‘क’ का प्रदेश सभा सदस्य सिंहले पाँच क्वीन्टल चामल, ५० किलो दाल, एक क्वीन्टल आलु, ५० किलो प्याज र एक कार्टुन खानेतेल जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रदान गर्नुभएको हो ।उक्त खाद्य सामाग्री जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई प्रदेश सभा सदस्य सिंहले हस्तातरण गर्नुभएको थियो ।खाद्य सामाग्री हस्तातरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रहरी उपरीक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले लालबन्दी नगरपालिकाको बागबानी केन्द्रमा स्थापना गरेको क्वारेन्टाइनमा बस्नेहरुको लागि प्रदेश सभा सदस्य सिंहले सहयोग गरेको खाद्य सामाग्री प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *