LatestNews

तत्काल विद्यालय नखोल्न अभिभावकको आग्रह

सर्लाहीमा,२२ असोज । सर्लाहीमा कोभिड–१९ को जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्न अभिभावकहरुले आग्रह गरेका छन् । उनीहरुले वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने मलंगवा नगरपालिका वडा नम्बर–९ का अभिभावक नागेन्द्र साहले बताए । स्वास्थ्य सुरक्षाको पूर्वतयारीबिना विद्यालय सञ्चालन नगर्न अभिभावकहरूले आग्रह गरेका छन् । सर्लाहीमा कोभिड–१९ का कारण लगाइएको लकडाउन खुले पनि कतिपय विद्यालय निर्वाध रुपमा सन्चालनमा आएका छन भने कतिपय खुल्न नसकी हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भइरहेको छ । सरकारले आउँदो भदौ १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरे पनि जोखिम बढेपछि अन्योलको स्थिति छ । सहभागीले विद्यमान अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति गराउन मुलुकभर कोरोनाको प्रभाव झन् बढिरहेको, विद्यालयमा क्वारेन्टिन र आइसोलेसन कक्षहरू हटाइ नसकेको, यातायात पूर्णरूपमा सञ्चालनमा नआएकोले अभिभावकमा आफ्ना बालबालिकालाई ढुक्कसँग विद्यालय सक्ने अवस्थामा नरहेको देखिएको छ । एक अभिभावकले विद्यालयमा जाने शिक्षक, विद्यार्थी र कर्मचारीहरुको कोरोना विशेष जीवन बीमाको प्रक्रिया पूरा गर्ने, विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने, मनोसामाजिक परामर्श सम्पन्न गर्ने र तेस्रो चरणमा विद्यार्थी नियमित विद्यालय जाने विश्वसनीय अवस्था सिर्जना गरी बाँकी शैक्षिक सत्रमा विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *