LatestNews

गोडैतामा ४० संक्रमित थपिए सगैं सर्लाहीमा आज मात्रै ८४ जनामा कोरोना भाईरस पोजेटिभ

सर्लाही,०९ भाद्र । भारतसँग सीमा जोडिएको सर्लाहीको गोडैता नगरपालिकामा आज (मगंलबार) कोरोना भाईरसका ४० जना नयाँ संक्रमित थपिएका छन् । साउन २९ गते नै ४०२ जनाको स्वाब संकलन गरेर जनकपुर पठाईएकोमा हालसम्म ३८७ जनाको रिपोर्ट आएको र जसमध्ये आज ४० जनाको पोजेटिभ देखिएको हो । त्यसमध्ये दुई दिनअघि २९ जनामा पोजेटिभ देखिएको थियो । ४०२ जना मध्ये अब १५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । यो सँगै गोडैतामा हालसम्म स्वाब संकलन गरेर परीक्षण गराएका मध्ये १५३ जनामा कोरोना भाईरस पोजेटिभ देखिई सकेको छ । संक्रमण फैलिँदै गएपछि परीक्षणको दायरा पनि बढाइएको नगर प्रमुख यादवले बताए । गोडैता नगरपालिका, स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले १० गते भोली (बुधबार) गोडैता नगरपालिका स्थित श्री वेणी भोला नमुना माध्यमिक विधालयमा दोस्रो चरणको कोरोना भाईरस सम्बन्धि जाँच हुने जानकारी समेत गराउनुभएको छ । त्यस्तै आज (मंगलबार) नै पर्सा गाउँपालिकाका ३४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । २३३ जनाको स्वाब संकलन गरेर पठाएकोमा आज ३४ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ मध्ये ३३ जनाको नामक खुलिसकेको र १ जनाको भने नाम पहिचान हुन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर महतोले जानकारी दिए । पर्साबाट पठाईएको २३३ जना मध्ये अब ६ जनाको मात्र रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *