LatestNews

आज राति हावाहुरीसहित वर्षाको सम्भावना छः मौसम पूर्वानुमान महाशाखा

सर्लाही,२८ बैशाख । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) राति देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।महाशाखाका अनुसार आज राति पश्चिमका केही, मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।अहिले पनि पश्चिमका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।मौसमिवद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिररहेको छ। सोही कारण सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।मौसमविद्का अनुसार मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। यसैगरी यस दिन राति पनि पूर्वी भूभागका केही, मध्य भूभागका थोरै र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।यस्तै मंगलबार दिउँसो देशका केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ भने राति पनि पूर्वी भूभागका केही, मध्यका थोरै र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *