Health

सर्लाहीमा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने

  • सदाम हुसैन
    सर्लाही, २८ माघ । सर्लाहीको सबै पालिकाहरुमा फागुन ११ गतेदेखि २ सातासम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मलंगवाको भवनमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो । कार्यालयका प्रमुख तथा जनस्वास्थ्य अधिकृत डा. नवल किशोर झाले फागुन ११ देखि पालिकाहरुमा एकैसाथ औषधि खुवाउन सुरु गरिने जानकारी दिए । झाका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् । नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने गोष्ठीमा सहभागी स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख झाले बताए । शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खलको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने झाले बताए । चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् । पालिकाहरुको वडा कार्यालयमा जनप्रतिनिधिले नै औषधि खाएर हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गर्ने बताए ।
    प्रमुख झाको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न संचारकर्मी उपस्थिति रहेको थियो । सर्लाही जिल्लाको २० वटै पालिकामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *