विपत ब्यबस्थापनमा जुटन प्रजिअ यादवकाे निर्देशन
सदाम हुसैन-
सर्लाही ३१ बैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपत ब्यबस्थापनमा जुटन सराेकारवाला निकायहरू संग आग्रह गर्नु भएकाे छ । बैशाख जेष्ठ महिनामा जिल्लाका अधिकांस ठाउमा आगलागीकाे घटनामा हवातै वृद्धि भएकाेले सजकता अपनाउन तथा अकस्मात आगलागीकाे घटनालाई नियन्त्रण गर्न पुर्ब तयारी गर्नुपर्ने प्रजिअ यादवले उपस्थित सराेकारवाला निकायहरूलाई सुझाएका थिए । दैवीप्रकोप नियन्त्रण तथा नियुनीकरण गर्न बसेका सर्बपंक्षिय बैठकमा सुरक्षा निकायका प्रमुख, नेपाल प्रहरीका जिल्ला प्रमुख नरेशराज सुवेदी, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना लगायतका अधिकारीहरूकाे बैठकमा उपस्थिति रहेकाे थियाे । त्यस्तै मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादव, काैडेना गाउपालिका अध्यक्ष बबलु यादव, बसवरिया गाउपालिका अध्यक्ष रामसिंहासन राय, रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, हरिपुर्बा नगरपालिका प्रमुख बिनाेद कुमार साह, लगायत विभिन्न पार्टीका प्रतिनिधित्व गरेका राजनीति दलका नेता तथा कर्याकर्ता लगायत नागरिक समाजका अगुवाद्वय शिवचनद्र चाैधरी, उग्रकान्त झा लगायत संचारकर्मीहरूकाे बैठकमा उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बाेलदै पालिका अध्यक्ष तथा प्रमुखहरूले बारूण यन्त्र जिल्लामा २ वटा मात्र रहेकाेले आलागीका घटना नियन्त्रण गर्न समस्या भएकाे बताएका थिए । नागरिक समाजका अगुवा उग्रकान्त झाले भने पालिकाहरूले दैवीप्रकोप नियन्त्रण तथा यसकाे राेकथाम गर्न पुर्ब तयारी नगरेकाेले अकस्मात हुने घटनालाई नियन्त्रण गर्न नसकेकाे वहाले बताए । त्यस्तै शिवचनद्र चाैधरीले राष्ट्रिय गाैरवकाे आयाेजना निर्माणमा ढिलाई भईरहेकाेले ठेकेदार कम्पनीलाई कार्बाही गर्नुपर्ने वहाले माग गर्नु भयाे । दैवीप्रकोप नियन्त्रण बैठकमा उपस्थित भएका जनताकाे तटबन्ध कार्यालय, डिभिजन सिंचाई कार्यालयले अकस्मात घटने घटना नियन्त्रणकाे बजेट यसपालि कटाैती भएकाेले आफुहरू दैवीप्रकोप नियन्त्रण र नियुनीकरण गर्न असमर्थ रहेपनि बैठक प्रती पुर्न सहानुभूति रहेकाे जनताकाे तटबन्ध कार्यालय, डिभिजन सिंचाई कार्यालयले बैठकमा बताए । संचारकर्मी निरज यादवले जनचेतनाकाे कमिले पनि आगलागीकाे घटनामा बृद्वि भएकाेले गाउँ घरमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने यादवले सुझाएका थिए । हरेक साल बैशाख, जेष्ठ महिनामा आगलागीबाट सर्लाहीमा ठुलाे जनधनको छति हुदै आएकाे छ । असार सावन महिनामा पनि बाढी पहिराेबाट सैकडाे घरपरिवार प्रभावित हुँदै आएकाेले यसका लागि दृघकालिन समाधानकाे बाटाे अवलम्बन गर्नुपर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल सिंहले बताउदै बारूण यन्त्र थपने बारेमा मधेश प्रदेश सरकार संग पहल भईरहेकाे बताए । जब समम सर्लाहीका २० वटै स्थानीय सरकारले समन्वय गरि दैवीप्रकोप नियन्त्रण गर्न एकजुट भएर लागदैन तब सम्म यसकाे नियन्त्रण तथा नियुनीकरणमा समस्या रहि रहने प्रमुख काैशल सिंहले सबै पालिकाले समन्वयात्मक कार्य गर्न वहाले जाेड दिनु भयाे ।

