विद्युत् र इन्टरनेटको शुल्कमा छुट, असारसम्म जरीवाना नलाग्ने
काठमाडौं,१८ बैशाख । नेपाल विद्युत् प्राधिकरणले मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशतसम्म छुट दिने बताएको छ ।
मासिक २५० युनिट खर्च गर्नेलाई चाहिँ विद्युत् प्राधिकरणले १५ प्रतिशत छुट दिने बताएको हो ।
लकडाउन भएकाले अहिलेको अवधिमा सहुलियत दिन सरकारले इन्टरनेट सेवा प्रदायकलाई पनि अनुरोध गरेको छ ।
विद्युत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुनयता जेठसम्मको महसुल भुक्तानी असार मसान्तसम्म बुझाउँदा पनि विलम्ब शुल्क नलगाउन र जरीवाना नगर्न पनि सरकारले निर्देशन दिएको छ ।
त्यस्तै, इन्टरनेट सेवा प्रदायकलाई पनि यो अवधिमा शुल्क तिर्न नसके ग्राहकको लाइन नकाट्न सरकारको निर्देशन रहेको छ ।

