LatestNews

विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन – श्रम मन्त्री यादव

काठमाण्डौ,२६ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पार्नुभयो ।‘हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं’, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।’ सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको बताउनुभयो ।‘नेपाललाई सुरक्षित राख्नुपर्छ, विदेशबाट नेपाली ल्याउँदा भावनामा बगेर मात्रै हुँदैन’, मन्त्री यादवले भन्नुभयो,‘नेपालमा सङ्क्रमण फैलने अवस्था आउन नदिन उनीहरुलाई सम्बन्धित मुलुकमा नै स्वास्थ्य परीक्षण गरी कोभिड–१९ सङ्क्रमण नभएको सुनिश्चित गरेर भित्रियाउनुपर्छ ।’विदेशमा कति नागरिक छन् भन्ने यकिन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्दै उहाँले विदेशमा रहेका सबै श्रमिकको दर्ता गर्ने कामको थालनी गरिएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *