FEATUREDLatestNews

लक्ष्मी दुई ८ विकेटले विजयी

मलंगवा,०४ चैत्र । सर्लाहीको मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको नकआउटको अन्तिम खेलमा लक्ष्मी २ ले मलंगवा फिटनेश क्लबलाई ८ विकेटले पराजित गरेको छ । दुर्गा पुजा समिति जिल्ला विकास चोकले मलंगवा १० स्थित तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा लक्ष्मी २ विजयी भएको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिएका छन् । पहिले टस जितेर व्याटिङ गरेको मलंगवा फिटनेश क्लबले २० ओभरको निर्धारित खेलमा १६.४ ओभरमा अलआउट हुदैं ९७ रन बनाएका थिए । फिटनेश क्लबका लागि समसाद शेखले ३२ बलमा ५५ रन बनाएका थिए । समसादले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यसैगरी अमन कुमारले १५ बनाएका थिए । बाँकी खेलाडीले दोहोर अंक समेत जोड्न सकेन् । फिटनेश क्लबलाई सस्तोमा समेट्ने क्रममा लक्ष्मीका सोनाली कुमारले ३ विकेट लिएका थिए । ९७ रनको जवाफमा व्याटिङ गर्नका आएका लक्ष्मी २ ले १२ ओभरमा लक्ष्य पुरा गरेका थिए । विकेटको क्षतिमा लक्ष्मीले लक्ष्य पुरा गरेको समिति सदस्य प्रजापतिले बताए । २ विकेट गुमाउँदै लक्ष्मी २ अन्तिम ८ मा स्थान पक्का गरेको छ । लक्ष्मीका लागि गोविन्दा कुमारले सर्वाधिक नटआउट ५१ रन बनाएका थिए । ३२ बलमा ४ छक्का र ३ चौका प्रहार गरी गोविन्दाले सर्वाधिक ५१ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच गोविन्दालाई प्रदान गरिएको थियो । उनलाई मलंगवा वडा नं. १० का अध्यक्ष एवं प्रतियोगिताका सल्लाहकार मुकेश झाले ट्रफि प्रदान गरेका थिए । क्वाटर फाइनल खेल बिहीवारदेखि हुने आयोजकले जनाएको छ । क्वाटर फाइनलमा योङ स्टार मलंगवा, कौडेना पर्सा, गढीमाई जमुनिया, सनराइज मदनपुर, ओम सहारा पञ्चकन्या मलंगवा, विजडम कोचिङ सेन्टर मलंगवा, सर्लाही एकेडेमी मलंगवा र लक्ष्मी २ मलंगवा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *