LatestNews

मृतक सुत्केरीको परीबारलाई समन्वय समितीका सभापती मेथुर चौधरीद्धारा खाधान्न र नगद सहयोग

मलंगवा,२१ भदौ । शल्यक्रियाको अनुमति नै नभएको पोलिक्लिनिकले जोखिमपूर्वक शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु पश्चात विचल्लीमा परेको परीबारलाई जिल्ला समन्वय समिती सर्लाहीका सभापती मेथुर चौधरीले मलंगवा खाधान्न तथा नगद सहयोग गरेका छन ।मलंगवा नगरपालिका– ९ स्थित अमर्त्य पोलिक्लिनिकले शल्यक्रियामार्फत सुत्केरी गराएकी मलंगवा नगरपालिका– १० निवासी २४ वर्षीया सविता भन्ने सहतीकुमारी हलुवाईको १६ भदौमा मृत्यु भएपछी परीबार शोकमा डुबेको मृतकको परीबारलाई सभापती चौधरीले तीन बोरा चामल,एक बोरा आलु बीस किलो प्याज र प्याज नगद पन्द्रह हजार रुपैया सहयोग गरेका हुन । परिवारको बिचल्ली देखेर व्यक्तिगत रूपमा खाधान्न र नगद सहयोग गरेको सभापती चौधरीले बताए ।
त्यस्तै, मलंगवा नगरपालिकाका मेयर निरसल साहले नगद ११ हजार रुपैया सहयोग गरेका छन् भने मलंगवा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष मुकेश झाले दुई बोरा चामल,एक बोरा आलु र नगद एगारह हजार दश रुपैया पिडीत परीबारलाई उपलब्ध गराएका छन् । सहतीको मृत्युसँगै चार दिनको दूधेबालकसँगै परिवारको बिचल्ली भएको छ । सहती र उनका श्रीमान प्रमोद छुट्टै बस्दै आएका थिए । परिवारमा नयाँ सदस्य थपिए पनि घरको मुख्य मान्छेकै मृत्यु भएपछि बिचल्ली भएको हो ।उनीहरूले काठमाडौंमा चटपटे बेचेर गुजारा चलाउँदै आएका थिए । लकडाउनका कारण उनीहरू घर आएका थिए । घर आएपछि हातमुख जोर्न समस्या भएपछि प्रमोद गाउँमै घर निर्माण मजदुरको रूपमा काम गर्दै आएका थिए भने सहतीले छरछिमेकमा लुगा धुने र भाडा माझ्ने गर्दै आएकी थिइन् । कामकै सिलसिलामा केही समयअघि प्रमोदको आँखामा किलाले घोचेपछि काम छाडेका थिए । त्यसपछि घरखर्च धान्ने जिम्मा सहतीकै काँधमा थियो । उपचार अभावमा प्रमोदको दोस्रो आँखाको ज्योति पनि कमजोर बन्दै गएको छ । लकडाउनका कारण काम नभएपछि गर्भवती श्रीमतीसहित कैयौँ छाक भोकै बसेको प्रमोदले सुनाए ।सहतीकुमारीलाई सुत्केरी बेथा लागेपछि १२ भदौमा परिवार र आफन्तले अमर्त्य पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकका सञ्चालक एवं डा. सुरेन्द्र यादवले शल्यक्रियामार्फत बच्चा निकालेका थिए । शल्यक्रियालगत्तै सहतीको अवस्था गम्भीर बनेको पारिवारिक स्रोतको भनाइ छ । सहतीको चार दिनपछि १६ भदौ बिहान मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *