मनसुन सक्रिय भएसँगै तीन दिन सर्लाहीसहित देशभर वर्षाको सम्भावना
सर्लाही,०८ असार । मनसुन सक्रिय भएसँगै सर्लाहीसहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू(भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आगामी तीन दिन सर्लाहीसहित देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

