FEATUREDGeneralLatestNews

ब्रह्म्पुरी गाउँपालिकामा राष्ट्रिय योग दिवस मनाईयो

सर्लाही,०१ माघ । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा ‘गरौं योग डटेर जान्छ कोभिड हटेर ’ भन्ने मूल नाराका साथ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिका अध्यक्ष बिनोद साहको अध्यक्षतामा विहीबार मनाईएको उक्त कार्यक्रममा उपाध्यक्ष गीतादेवी यादव लगायत सम्पूर्ण गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले हामीले प्राथमिकतामा राखेर प्रत्येक वर्ष ब्रह्म्पुरी गाउँपालिकामा राष्ट्रिय योग दिवस मनाउने गरेको गाउँपालिका अध्यक्ष बिनोद साहले स्पष्ट पारे । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा योगाभ्यासको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको प्रमुख प्रशासकिय अधिकृत शिवनारायण कापरले बताउनुभयो । कार्यक्रममा बोल्दै आयूर्वेद तथा प्रशासन शाखा प्रमुख संजय कुमार यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरूरी रहेको बताए । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको छ ।यसैकारण ब्रह्म्पुरी गाउँपालिकाको आयोजना तथा आह्वानमा ब्रह्म्पुरी गाउँपालिकामा र्राष्ट्रिय योग दिवसनै मनाउन सुरू गरिएको स्वास्थ्य सयोंजक उपेन्द्र राउतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *