प्रदेश नं. २ को मुख्यमन्त्री बन्न ५ करोडको आर्थिक चलखेल
धनुषा,२५ भदौ । प्रदेश नं. २ मा सरकार फेर्ने हल्ला चल्लेसँगै मुख्यमन्त्री तथा मन्त्री बन्न नेताहरु जनता समाजवादी पार्टी(जसपा)का शिर्षस्त नेताहरुको घर दैलोमा दौडधुप गरीरहेकाछन् ।
हालका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल आफना एक सहयोगी परमेश्वर साहसँगै जसपाकै बरिष्ट उपाध्यक्ष बृषेश चन्द्रलाल मार्फत जसपाका महामन्त्रि उमाकान्तझासँग आफुलाई मुख्यमन्त्री बनाइदिन दौड धुप गरीरहेकाछन् ।
मुख्यमन्त्री बनाइ दिन उनले ५ करोडको अफर दिएको नाम उल्लेख नगर्ने शर्तमा प्रदेश नंंं. २ कै एक प्रदेश सभा सदस्यले बताए । उनले मन्त्री सोनलले आफुलाई मुख्यमन्त्री बनाए पाचँ करोड दिने , हालकै अवस्थाका मन्त्रि बनाइदिए ३ करोड दिने यदि दुबै संभव नभए पार्टिका सचेतक परमेश्वर साहलाई मन्त्री बनाउन आग्रह गरेको समेत दावी गरेको छ ।
जसपाकै केन्द्रिय सदस्यका अनुसार मन्त्रि सोनलले बृषेश चन्द्रलाल मार्फत महामन्त्री झा समक्ष सोनललाई मुख्यमन्त्रि बनाउन ५ करोड र हालकै अवस्थामा राख्न ३ करोड यदि ई दुई हुन संभव नभए सचेतक साहलाई मन्त्री बनाई दिन १ करोडको प्रस्ताव राखेको पुष्टि गरेकोछ ।
तर हाल फेरीएको जसपाका नयाँ समिकरणमा महामन्त्री झाको केहि नचल्ने जानकारी गराउदै केन्द्रिय सदस्यले त्यस्ता नेता तथा मन्त्रीहरुलाई तत्काल पार्टिले कारबाही नगरीए पार्टि ठुलो दुर्घटना पर्ने र पार्टिको ठुलो बदनामी हुने तथा जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त भएको संघियता समेत गुम्ने खतरा रहेको उल्लेख गर्दै समयमै यस तर्फ ध्यान पु¥याउन जरुरी रहेको बताउनुभयो ।

