नेतृत्व सम्हाल्न एसपी राठौर सर्लाही आईपुगे
मलंगवा,११ भाद्र । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर सर्लाही आईपुगेका छन् । प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको एकैसाथ सरुवा गर्दा राठौरलाई महानगरिय प्रहरी कार्यालय विशेष सुरक्षा शाखा रानीपोखरी, काठमाण्डौंबाट सर्लाही खटाइएको हो । उनी वुधवार साँझ जिल्ला आइपुगेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । यहाँबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाण्डौंमा सरुवा भएका यसअघिका एसपी विश्वमणि पोखरेल गत आइतवार नै काठमाण्डौं गइसकेका छन् ।

