ट्रकको ठक्करबाट २ जनाको मृत्यु
- सदाम हुसैन
सर्लाही, ०७ बैशाख । मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाईकलमा सबार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । आज (विहिबार) बिहान सबा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेको ना। ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई प्र.२–०३–००१ ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गको कालिञ्जोर खोलाको पूलदेखि केही पश्चिम ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ठक्करबाट मोटरसाईकल चालक एवं पछाडी सबार एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । मृतकद्वय पुरुषको शव हाल प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा राखिएको र सदरमुकाम मलंगवा पठाउने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले मोटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेको बताएपनि विस्तृतमा अनुसन्धान भईरहेको छ ।

