FEATUREDLatestNews

चक्रघट्टा गाउँपालिकाको छैठो गाउँसभा उदघाटनसत्र शुरु, प्रस्तावित ऐनहरु छलफल गरी पारित गरीने

सर्लाही,१० असार । चक्रघट्टा गाउँपालिकाको छैठों गाउसभा आज देखिशुरु भएको छ । गाउँसभामा आगामी आर्थिक वर्ष २०७७-२०७८ को बार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष बिक्रम राय यादवले प्रस्तुत गर्नुभएको छ । गाउँसभामा चक्रघट्टा गाउँपालिकाले नीति तथा कार्यक्रमा स्थानिय संभाव्यता, तुलनात्मक लाभ तथा विशेष अवसरहरुको उपयोग गरी कृषक तथा कृषि प्राविधिकहरुको सिप विकास र उपयुक्त उपयुक्त कृषि प्रविधि मार्फत कृषिको व्यसायिकरण र विविधिकरण, नमुना कृषि कार्यक्रम कार्यान्वयन गरी कृषि रोजगारीको सृजना गरिने बताएको छ । पशुपालन व्यवसायलाई प्रभावकारी सेवा प्रवाहका लागि कृषक तथा पशु प्राविधिकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने,प्रत्येक वडामा कम्तिमा एउटा कृषि सहकारी र हरेक गाउँमा कृषक समुह निर्माण गर्ने लगायतको व्यवस्था मिलाईने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै आधारभुत स्वास्थ्यतर्फ गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरीने,वेल्ही स्वास्थ्य चौकीमा बर्थिगं सेन्टर सन्चालनमा ल्याईने,बाल तथा मातृ मृत्यदर घटाउनका लागि खोप पोषण सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य लगायतको स्वास्थ्य सेवालाई प्राथमिकताका साथ संचालन गरिने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ । विकास पुर्वाधारका योजना अनुसार विकास गर्ने गाउपालिका क्षेत्रभित्रका निर्माण गरिने विभिन्न सडक योजनाहरुका लागि सडक गुरु योजना तयार गर्ने तथा सडकको निर्माण गर्दा सम्बद्ध कार्यक्रम एवं कार्यालयहरुसंग समन्वय गर्ने गाउ यातायात गुरुयोजना संशोधन गरी वैज्ञानिक गर्ने, गाउ“पालिकाबाट निर्माण गरिने सार्वजनिक पूर्वाधारका निर्माणहरुलाई अपाङ्गमैत्री, महिलामैत्री तथा बालमैत्री गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रस्तुत गरीएका निती तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास,कानुन तथा न्याय सम्पादन,युवा स्वरोजगार कार्यक्रम तथा शिक्षा क्षेत्रलाई समुचीत रुपमा समेटिएको छ । गाउँसभामा प्रस्ताव गरिएका ऐनहरु सभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको प्रमुख प्रशाकीय अधिकृत मुकेश पाठकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *