नाम मात्रको लकडाउन – अत्यावश्यकका नाममा मलंगवाका सबै पसल खुल्न थाले
मलंगवा,०४ जेठ । सर्लाहीमा हालसम्म ३ जनामा कोरोना संक्रमण देखिएपछी पनि सदरमुकाम मलंगवामा लकडाउन विस्तारै खुकुलो हुँदै गएको छ । यहाँका अधिकांश बैंक सञ्चालनमा आएका छन् । पसल खुल्ने क्रम पनि तीव्र रुपले बढ्दै गएको छ ।बालमन्दिर चोक,नगरपालिका चोक रोडका पसल आधा खुलेका छन् । कारोबार भइरहेका छन् । सर्लाही प्रशासनले साझं ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सामान किनमेलका लागि खाद्यान्न र तरकारी पसल खोल्ने अनुमति दिएपछि यो अवधिमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, फेन्सी, कपडा, शृंगार, हार्डवेयरका पसल समेत सञ्चालनमा आउने गरेका छन् । न त तरकारी खरिद गर्न गएका सर्वसाधारणले सामाजिक दूरी पालना गरेका देखिन्छन् न त व्यापारी नै । खुलेआम सर्वसाधारण हिँडेको देख्दा मलंगवामा लकडाउन छैन भन्ने भान हुन्छ ।योभन्दा त लकडाउन पूरै खोलिदिए हुन्थ्यो एक जना स्थानीयले आक्रोश पोखे । बैंक र पसल संचालनमा आएपछि मलंगवामा सर्वसाधारणको अत्यधिक भीड लाग्न थालेको उनले बताए । अधिक भीड भए पनि प्रहरी प्रशासन मौन बस्दा भीडभाड गर्नेलाई बल पुगेको छ । दुई घण्टाको समयमा मलंगवा पूरै खुला देखिन्छ, तरकारी, फलफूल, खाद्यान्नका पसल भरिभराऊ हुन्छ,’ उनले भने, अन्य पसल पनि फाटफुट खुल्न थालेका छन् ।’प्रहरीलाई देखेपछी पसल बन्द गर्ने र जाने बितीकै आधा सटर खोलेर कपडा, शृंगार, हार्डवेयरका पसल सन्चालकले लकडाउनको उल्लघंन गर्ने गरेको प्रत्यक्षदर्शीले बताए ।