रौतहटमा बिहानै १० जनामा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या २ सय ९१ पुग्यो
काठमाडौं,०४ जेठ । रौतहटमा आज बिहान १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा रौतहटका थप १० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना र रौतहट इशनाथ न.पा. – ३ निवासी २८, ३० र ३३ वर्षका ३ जनामा कोरोना पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । नेपालमा हालसम्म ३६ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् ।