LatestNews

रामनगर गाउँपालिकामा थप एक जना युवतीमा कोरोना सक्रमण, संक्रमितको संख्या तिन पुग्यो

सर्लाही,०३ जेष्ठ । सर्लाहीको रामनगर गाउँपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संंक्रमणको पुष्टि भएको छ । यो सँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या तिन पुगेको छ । रामनगर वडा नं. ४ बौहर्बा बस्ने एक १८ वर्षिया युवतीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ति युवतीमा कोरोना भाईरस सक्रमण भएको पुष्टि गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।काठमाडौंको जडिबुटी चौकमा संक्रमित युवतीको परिवार बिगत केहि वर्ष देखि फर्निचर उधोग खोलेर व्यवसाय गर्दै आएको र संक्रमित युवती काठमाडौमै अध्यनरत छिन । युवतीको बारेमा थप जानकारी लिनका लागि जिल्लाको सुरक्षा टोली रामनगर–४ मा जान लागेको प्रजिअ जिसीले बताउनुभयो । यसअघि धनकौल गाउँपालिकाका १४ वर्षीय बालक र हरिपुर्वा नगरपालिका– ३ धनकौलका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *