FEATUREDLatestNews

मलंगवामा उपभोक्ता कृत्रिम महँगीको मारमा

मलंगवा,०२ जेठ । सर्लाही सदरमुकाम मलंगवामा अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै मलंगवामा निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन । पछिल्लो समयमा औषधि पसल र अस्पतालमा सेवाग्राहीको भिड बढेपछी अस्पताल र फार्मेसी क्लिनिकले चर्को शुल्क लिन थालेको जनगुनासो बढेको छ । लकडाउनको अवसर छोपी निजी अस्पताल र औषधि पसलले उपभोक्तासँग मनपरी रूपमा शुल्क लिने गरेको आरोप स्थानीयको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *