LatestNews

आज एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,३० बैशाख । नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *