FEATUREDLatestNews

मलंगवा बजार अतिआवश्यक वस्तुको बिक्री वितरणका लागी दुई घण्टा खोल्न दिने निर्णय

मलंगवा,२७ बैशाख – सर्लाही सदरमुकाम मलंगवा बजारमा आजबाट माछामासु पसलदेखि स्टेशनरीसम्म दैनिक २ घण्टा खोल्न अनुमति दिइएको छ ।शनिवार बसेको जिल्ला स्तरीय क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म भौतिक दूरी कायम गरी खाद्यान्न, माछामासु, फलफूल तथा तरकारी, कृषि बीउबिजन र पाठ्यपुस्तकको बिक्री वितरण गर्ने पसल खोल्न दिने निर्णय गरेको हो । औषधि, ग्याँस र दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण गर्ने पसललाई भने जुनसुकै बेला खोल्न दिने निर्णय भएको मलंगवा नगरपालिकाका मेयर निरसल साहले जानकारी दिए ।मेयर साहका अनुसार जिल्लाका अन्य पालिकाहरुलाई पनि अहिलेको अवस्था मध्यनजर गरी उपयुक्त समय तोकेर अत्यावश्यक वस्तुको बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ । सर्लाही सदरमुकाम मलंगवामा हिजो बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिएको देखिन थालिएको थियो । मलंगवा बजारमा भिड देखिनुले सङ्क्रमणको चिन्ता थपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *