LatestNews

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, अहिलेसम्म ११० जना संक्रमित

उदयपुर,२७ बैशाख । उदयपुरमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरको भुल्केकी ४३ वर्षीय महिलामा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। शनिबार बिहानमात्रै उदयपुर र कपिलवस्तुका ३(३ तथा विरगञ्जका १ जनामा संक्रमण भेटिएको थियो। योसँगै उदयपुरमा संक्रमितको संख्या ३२ पुगेको छ। नेपालमा संक्रमितमध्ये २८ जना निको भएका छन्। निको भएका ३ जनामा भने पुनस् संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *