भारतमा दिल्लीदेखि मुम्बईसम्म रेड जोनमा
भारतमा कोरोनाभाइरसको प्रभाव अझ बढ्ने देखिँदै गएको छ । त्यहाँ केही सहरहरुमा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या डबल हुँदैसमेत गएको छ ।
यही कारण भारत सरकारले ३ मेपछिको समयलाई फरक तरिकाले लकडाउन गर्ने निष्कर्ष निकालेको भारतीय मिडियाले जनाएका छन् । यसका लागि उसले बढी खतरा भएका ठाउँहरुलाई रेड जोनमा राखेको छ । यो रेडजोनमा भारतको दिल्लीदेखि मुम्बई, चेन्नई, कोलकाता, हैदराबाद, बेंगलुरु तथा अहमदाबाद परेका छन् ।
यी ठाउँबाहेक पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमण नदेखिएका ठाउँलाई चाहिँ भारत सरकारले ग्रिन जोनमा राखेको छ ।

