इरफान खान अस्पतालको आइसियूमा भर्ना
बलिउडका चर्चित अभिनेता इरफान खान बिरामी परेका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । भारतिय मिडियाका अनुसार उनलाई मुम्बईको रकोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको जनाइएको छ ।
उनले आज भन्दा २ बर्ष अघि नै आफ्नो बिरामीको बारे थाहा पाएका थिए । उनले सामाजिक सञ्जालमार्फत आफुलाई ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको आफ्ना फ्यानलाई जानकारी गराएका थिए । तर उनी एककासी स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसियूमा भर्ना भएका हुन् ।
केहि दिन अघि उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो । आमाको मृत्यु भएपनि उनी लकडाउनका कारण आमाको अन्तिम संस्कारमा जान पाएका थिएनन् ।

