सर्वनको आलोचना गर्दै गेलले भने- तिमी सर्प हौ, विषालु छौ
सरवन, तिमी सर्प हौ । तिमी दुष्ट छौ, तिमी विषालु छौ
वेस्ट इन्डिज लेजेण्ड क्रिस गेलले आफ्नो पूर्व टिममेट रामनरेश सर्वनको आलोचना गर्दै यसो भनेका छन् । उनले आफ्नो साथीबारे युट्युबमा १५ मिनेटको भिडियो राखेका छन्, जसमा सर्वनको आलोचना गरिएको छ । ४० वर्षीय ब्याट्सम्यान गेललाई क्यारेबियन प्रीमियर लिग (सीपीएल) को टिम ‘जमैका तल्लावहस’ले गत साता रिलिज गरेको थियो । र यसका लागि गेलले सहायक प्रशिक्षक सर्वनलाई दोषी ठहर्याएका हुन् ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सर्वाधिक रनको कीर्तिमान बनाइसकेका गेलले भनेका छन्, ‘सर्वन तिमीलाई थाहा छ, तिमी क्यारिबियनमा सबैभन्दा धेरै मन नपराउने व्यक्ति हो । आफ्नै देशमा कसैले पनि तिमीलाई प्रेम गर्दैन ।’ उनले अघि भने, ‘तिमी धेरै प्रतिरोधात्मक छौं । तिमी अझै अपरिपक्व छौं, अझै पछाडि मान्छेहरूलाई छुरा हान्ने ।’ गेलले तल्लावहसलाई सन् २०१३ र २०१६ मा सिपीएलको उपाधि दिलाउन मदत गरेका थिए । त्यसपछि उनले एक वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेर गत वर्ष तल्लावहसमै फर्किए । गत वर्ष आफ्नो दोस्रो खेलमा ११६ रन बनाएपनि उनले १० खेलमा जम्मा २४३ रन मात्र बनाउन सके । र, उनको टिम अंकतालिकामा पुछारमा रहेको थियो ।
उनले यस सिजनका लागि सेन्ट लुसिया जोउक्ससँग अनुबन्ध भएका छन्, जुन खेल अगष्टमा सुरु हुनेछ । गेल एकदिवसीय अन्तर्राष्ट्रियमा वेष्टइन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १०३ टेष्ट मध्ये ७० टेष्ट सर्वनसँगै खेलेका छन् । श्रवनले २०१६ मा सन्यास लिएका थिए । गत वर्षको विश्वकपदेखि वेस्टइन्डिजका लागि नखेलेका गेलले सर्वनलाई भनेका छन्, ‘तिमी राम्रो छैन । तिमी घृणित छौ । तिमी फ्रेन्चाइज चाहन्छौ र यो राख । तर त्यहाँ गेल छैन ।’