FEATUREDLatestNews

चक्रघटा गाउपालिकाद्धारा ४४ सय परिवारलाई राहत वितरण

सर्लाही,८ बैशाख । लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई चक्रघटा गाउपालिकाले राहत वितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को रोक्थाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको चपेटमा परेका ज्यालादारी, निमुखा र दैनिक काम गरि खाने ४४ सय परिवारलाई चक्रघटा गाउपालिकाले राहत बितरण गरेको हो ।
दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई १५ किलो चामल ,१ किलो दाल , १ किलो खाने तेल र १ किलो नून गरी ४ हजार ४ सय परिवारलाई राहत समाग्री वितरण गरिएको गाउपालिका प्रमुख बिक्रम यादवले बताउनुभयो । आवश्यकता भएका दैनिक ज्यालादारी गरि खाने, विपन्नका साथै असक्त र असाहयहरूलाई लक्षित गरि राहत बितरण गरिएको यादवले बताउनुभयो । “जनताको हरेक सुख दुःखमा सधैं सँगै रहनेछु, यसैलाई नै म आफ्नो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *