लकडाउनको कारण सर्लाहीमा बालबालिकामा नियमित खोप प्रभावित
सर्लाही,८ बैशाख ।सर्लाही लगायत देशभर विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि लकडाउनसँगै नवजात शिशु तथा बालबालिकामा विभिन्न प्रकारको रोग फैलने सम्भावना बढेको छ ।कोरोना भाइरसको कारण अस्पतालहरु कोरोनाको उपचारमा केन्द्रित भएपछि कोरोना भाइरस बाहेक बालबालिकामा गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना हुने भएको छ ।जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारको खोपहरु समयमै नलगाउंदा लाखौं बालबालिकामा विभिन्न प्रकारको रोग सहित मृत्यु समेत हुन सक्ने सम्भावना बढेको हो ।कोरोनाको प्रभाव बढेपछि नेपाल सरकारद्वारा गरिएको लकडाउन कार्यान्वन्य गराउने उद्देश्यले बालबालिकामा लगाइदै आएको खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयद्वारा तत्कालका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा बन्द गरियो। तर लकडाउनको २६ दिन बितिसक्दा अहिले सम्म नवजात शिशुहरुको खोप लगाउने व्यवस्थापन भएको छैन ।जन्मदेखि १५ महिनासम्म विभिन्न खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र शिशुलाई लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला खोप समेत बन्द गरिएपछि यस क्षेत्रका सयौं नवजात शिशुमा गम्भीर असर पर्ने अवस्था देखिन्छ।
विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला सरकारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने खोप बन्द गरेको कारण अन्य व्यक्तिभन्दा बालबालिका बढी जोखिम अवस्थामा रहेको छ।कोरोनामा देखिने लक्षण ज्वरो र श्वास प्रश्वास समस्याका लागि बीसीजी प्रभावकारी देखिएको छ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रशासकीय अधिकृत डा. विजय झाका अनुसार बालबालिकामा लगाइने नियमित सबै खोप जरुरी छ। तर त्यस मध्ये बीसीजी र दादुरा रुबेला खोप अविलम्ब लगाउनु पर्दछ ।
बीसीजी नलगाइए जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ भने दादुरा रुबेला खोप लगाइएन भने निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ ।
यदि बच्चा निमोनिया, क्षयरोग लगायतका बिरामीको शिकार भए रोगप्रतिरोधात्मक क्षमता कम हुनेछ र तिनीहरुमा कोरोना भाइरसको संक्रमण फैल्न सक्ने सम्भावना बढी हुने प्रशासकीय अधिकृत झाले बताए।उनका अनुसार खोपहरु बच्चालाई समयमा नदिए कोरोनो भाइरससँगै अर्को महामारी उत्पन्न हुने सक्नेछ ।
नियमीत खोप बालबालिकामा नदिइए तिनीहरुमा इम्युनिटि पावर घटने जसको परिणाम स्वरुप बालबालिकाहरु विभिन्न रोगबाट ग्रसीत हुने र यसको कारण बालमृत्यु दर समेत बढने खतरा रहेको उनले बताए।