सर्लाहीमा पानी परेपछि मौसम सफा र प्रदुषण कम
सदाम हुसैन–
सर्लाही, ०१ बैशाख । केही दिन देखि वर्षा नभएपछि सर्लाहीमा गर्मी भएर उघ्रिएको थियो । हिजो राती पानी परेर गर्मी कम भए साथै धुलो धुँवाको प्रदुषण कम भएसँगै वातावरण सफा देखिएको हो । पानी नपर्दा यस क्षेत्रको आकाश धुलो धुँवाले ढाकेको थियो भने बाहिर निस्किँदा आँखा पोल्ने समस्या थियो । पानी परेपछि त्यो समस्या हटेको छ । तत्कालका लागि कच्ची सडकहरुमा धुलो उड्न कम भएको छ । वनमा लागेको डढेलो निभेर पालुवा पलाउन थालेका छन् । पानी परेपछि यस क्षेत्रमा गर्मी धेरै हदसम्म कम भएको महशुस सर्वसाधारणले गरेका छन् । गर्मीको तापक्रम घट्दा मानिसहरु आ–आफ्नो काममा सहज रुपमा निस्किन थालेका छन् । सर्लाहीमा आज बिहानैबाट घाम लाग्ने भइरहेको छ । अहिले मौसममा आएको बद्लीसँगै मानिसहरुमा भने घाँटी दुख्ने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएका छन् ।